काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ८०औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले ७९औं वार्षिकोत्सव पूरा गर्दै आजदेखि ८०औं वर्षमा प्रवेश गरेको हो । नेपाल बैंक लिमिटेडको स्वामित्वमा वि.सं २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडका रूपमा स्थापना भएको कम्पनीले वि.सं २००६ सालमा उद्योग परिषद्बाट इजाजत प्राप्त गरेको थियो । विसं २०१६ सालमा