काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन र मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले वैज्ञानिक विधि अपनाएको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री साहले ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ जस्ता प्राविधिक उपकरण प्रयोग गरी इन्धन आपूर्ति प्रणाली सुधार गर्न लागिएको जानकारी दिएका हुन् ।