भारी वर्षा र चट्याङको जोखिममा वीरगञ्जका विद्यालय बन्द, बालबालिकाको सुरक्षालाई प्राथमिकता

  • बिहीबार ८ असो २०८३ १०:०७ AM
वीरगञ्ज । भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा भोलि एक दिन पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ। वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ। साथै, विपद्को अवस्था सिर्जना भएमा विद्यालय भवनलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको छ। मौसमजन्य जोखिमका कारण विद्यार्थीहरू विद्यालय आउजाउ गर्ने क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै महानगरपालिकाले समयमै ... The post भारी वर्षा र चट्याङको जोखिममा वीरगञ्जका विद्यालय बन्द, बालबालिकाको सुरक्षालाई प्राथमिकता appeared first on Kalika Khabar.