काठमाण्डु– बाढी, पहिरो तथा डुबानलगायत मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले देशभरका ६ सय ५० जोखिमयुक्त स्थानमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ। सशस्त्रका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशभर व्यापक पूर्वतयारी तथा परिचालन योजना कार्यान्वयनमा ल्याइएको छ भने आवश्यक जनशक्ति र उद्धार