प्लेजुङको दोभान बजारमा भीषण आगलागी

  • बिहीबार ८ असो २०८३ ०९:२४ AM
ताप्लेजुङ– ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा बिहीबार दिउँसो आगलागी हुँदा १० घर जलेका छन् । करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आगलागी भएपछि आगो थप फैलिन नदिन सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रूपमा नियन्त्रणको प्रयास गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रारम्भिक जानकारी आएको