काठमाण्डु – संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डका परराष्ट्रमन्त्री पोर्गदर क्याट्रिन गुनार्सदोतिरबिच भेटवार्ता भएको छ । मन्त्री खनालको निजी सचिवालयका अनुसार दुवै मन्त्रीले जलवायुजन्य विपद् तथा जोखिम न्युनीकरणमा साझेदारीलगायत विषयमा छलफल गरेका हुन् । भोटेकोशी बाढी तथा त्यसपछिका पुन:स्थापना, पुनर्मिलन तथा पुनर्निर्माणका लागि सरकारका सबै तह तथा समाजका