ओलीले पहिला विद्या भण्डारीको सदस्यता रोके, अहिले विष्णु र शंकरलाई ठेगान लगाउन ‘रातो कार्पेट ओछ्याए

  • बिहीबार ८ असो २०८३ ०९:५० AM
काठमाण्डु–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने भएको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । सचिवालयको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेपछि भण्डारी विधिवत एमाले वरिष्ठ नेता बन्ने छिन् । वरिष्ठ नेतामा स्थापित भएसँगै भण्डारीका लागि एमालेभित्र औपचारिक राजनीतिक भूमिकामा फर्कने बाटो खुलेको छ