एमालेका ७ नेता स्थायी कमिटीमा मनोनित

  • बिहीबार ८ असो २०८३ १०:०५ AM
काठमाण्डु– एमालेले पार्टीको माथिल्लो तहमा जिम्मेवारी बाँडफाँट गर्दै संगठनात्मक संरचना विस्तार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी ओलीको प्रस्तावमा सात नेतालाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । मनोनित हुनेमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारी छन् ।