काठमाडौं । ताप्लेजुङको दोभान भन्ने स्थानमा भीषण आगलागी भएको छ । जिल्लाको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार अहिले आगलागीबाट करिब १० घर जलेको छ भने आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ । सशस्त्र प्रहरी बल नेपाल