काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार निधन भएका शर्माको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । अन्तिम बिदाइका क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । सो अवसरमा नेपाल प्रहरीको एक टुकडीले