सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि देशभर उच्च सतर्कता अपनाएको छ। सशस्त्र प्रहरीले देशभरका ६ सय ५० जोखिमयुक्त स्थानमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन अवस्थामा राखेको जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै व्यापक पूर्वतयारी तथा परिचालन योजना कार्यान्वयनमा ल्याउनुका साथै