हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुँदै, १०० भन्दा बढी स्टल रहने

  • बिहीबार ८ असो २०८३ ०८:४६ AM
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनलाई केन्द्रमा राख्दै हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आयोजनामा हुने एक्स्पोलाई निजी क्षेत्रकेन्द्रित ऊर्जा क्षेत्रको ठूलो वार्षिक कार्यक्रमका रूपमा अघि बढाउने तयारी गरिएको हो। आयोजकका अनुसार ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान तथा नीतिगत बहससम्म ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलालाई एउटै मञ्चमा जोड्ने उद्देश्य एक्स्पोको रहेको छ। नेपालले अघि सारेको ३० हजार मेगावाट विद्युत् उत्पादनको राष्ट्रिय लक्ष्य हासिल गर्ने यात्रामा आवश्यक लगानी, प्रविधि र साझेदारी विस्तार गर्न एक्स्पोले महत्वपूर्ण भूमिका ... The post हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ आयोजना हुँदै, १०० भन्दा बढी स्टल रहने appeared first on Kalika Khabar.