काठमाडौँ : आगामी शनिबारसम्म विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद्ले जनाउँदै बाढी, पहिरो तथा भारी वर्षाको सम्भावित असरबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले अहिलेको अवस्थालाई लिएर अत्यधिक डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै मौसमसम्बन्धी सूचनालाई भने नियमित रूपमा अद्यावधिक गर्नुपर्छ भने । “वर्षा हुने सम्भावना देखिएकाले सतर्कता अपनाउनुपर्ने आवश्यकता छ, तर अत्यधिक डराउनुपर्ने अवस्था देखिएको छैन,” उनले भने, “मौसम छिनछिनमा परिवर्तन हुनसक्ने भएकाले न्यूनचापीय प्रणालीको निरन्तर निगरानी गरिरहेका छौँ र यसको प्रभावबारे नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्दै जानेछौँ ।” उनका अनुसार बङ्गालको ... The post अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह appeared first on Kalika Khabar.