संसद्ले प्रधानमन्त्री कहाँ जाँदै हुनुहुन्छ भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाउनुपर्ने हो ?

  • बिहीबार ८ असो २०८३ ०८:२१ AM
काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणबारे संसद्ले सञ्चारमाध्यमबाट जानकारी पाउनुपर्ने अवस्था आएको भन्दै सरकारप्रति प्रश्न उठाएकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद अवालले प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा नेपालको प्रतिनिधित्व गर्न न्युयोर्क पुगेको जानकारी संसद्ले सञ्चारमाध्यमबाट मात्रै पाएको बताइन्। उनले प्रधानमन्त्रीको विदेश भ्रमणको विषयलाई