काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री एवं सांसद् विपिन आचार्यले कर्मचारी सुरुवा हेर्ने गरी छुट्टै ‘स्वायत्त सरूवा बोर्ड’ गठन गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले तत्काल सरुवा बोर्ड गठन गर्न सरकारसँग माग गरे । नातागोता र नजिकका मानिसहरूबाट सुरुवाका लागि हुने स्वार्थ प्रेरित दबाब रोक्न सरकारले त्यस्तो बोर्ड गठन गर्नुपर्ने माग