नेपाली नागरिक रुस तर्फबाट युक्रेनविरुद्ध युद्धमा सामेल भएको जेलेन्स्कीको आरोप

  • बिहीबार ८ असो २०८३ ०८:५८ AM
एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले नेपाली नागरिकहरु आफ्नो देशविरुद्धको युद्धमा सहभागी भएको आरोप लगाएका छन् । न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै उनले रुसले नेपाली नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको बताए । नेपालसहित ४७ मुलुकका नागरिकलाई रुसले आफूहरुविरुद्धको युद्धमा प्रयोग गरिरहेको बताए । आफ्नो देशविरुद्धको युद्धको हिस्सा नबन्न उनले नेपालसहित ती देशलाई आग्रह गरे