काठमाडौं । सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन राति सवारी चलाउन रोक लगाइएको छ । असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको हो । मनसुन प्रतिकार्य कमाण्डपोस्ट काभ्रेपलाञ्चोकको बैठकले बाढीपहिरोको जोखिम कम गर्न यस्तो निर्णय गरेको हो ।