काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई नियमित सिधा उडान पुनः सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी असोज १२ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित उडान गर्ने जनाएको हो । सुरुवातमा सातामा दुईपटक उडान हुने कम्पनीले जनाएको छ । काठमाडौंबाट सांघाईका लागि सोमबार र शुक्रबार तथा सांघाईबाट काठमाडौंका लागि मंगलबार र शनिबार