सरकारलाई रास्वपा सांसद ढकालको प्रश्न- ‘खोलो तरेपछि लौरो बिर्सने हो ?’

  • बिहीबार ८ असो २०८३ ०८:२३ AM
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शम्भुप्रसाद ढकालले जेनजी घाइते, शहीद परिवार र कर्तव्य पालनाका क्रममा दिवंगत सुरक्षाकर्मीका आश्रित परिवारको दयनीय अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले राज्यले गरेका प्रतिवद्धता पूरा गर्न नसक्नु र परिवर्तनका संवाहकलाई सडकमा अलपत्र पार्नु गम्भीर त्रुटी भएको औंल्याएका हुन् ।