आधा किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ

  • बिहीबार ८ असो २०८३ ०८:३९ AM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलोग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) बाट फ्लाई दुबईमा आएका भारतको केरलाका मोहमद चेरा ठोदी ५३५ ग्राम सुनसहित पक्राउ परेका हुन्। विमानस्थलका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार उनले ल्याएको सुन अर्धठोस अवस्थामा छ। विमानस्थलमा खटिएको प्रहरीले सुरक्षा जाँच गर्दा उनले लगाएको भित्रिबस्त्र