सीएनएनसहित तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश दिन अदालतको आदेश

  • बिहीबार ८ असो २०८३ ०७:५७ AM
काठमाडौं । अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशको अनुमति पुनः दिन आदेश दिएको छ । अमेरिकी जिल्ला न्यायाधीश टिमोथी केलीले बिहीबार यस्तो आदेश दिएका हुन् । ट्रम्प प्रशासनले तीन सञ्चारमाध्यमको ह्वाइट हाउस प्रवेश रोक्ने निर्णयविरुद्ध ती संस्थाले दायर गरेको मुद्दामा अदालतले प्रारम्भिक रूपमा प्रशासनको कदम संविधानविपरीत हुन सक्ने ठहर गरेको रोयटर्सले जनाएको छ । ट्रम्पले गत साता ती सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएका थिए । उनले सामाजिक सञ्जालमार्फत ती संस्थाले आफूविरुद्ध पटक–पटक झुटा समाचार प्रकाशित गरेको आरोप लगाउँदै उनीहरूलाई ह्वाइट हाउस ... The post सीएनएनसहित तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश दिन अदालतको आदेश appeared first on Kalika Khabar.