सत्तापक्षले न्यायालय, न्यायाधीसलाई धम्क्याइरहेको छ : एमाले

  • बिहीबार ८ असो २०८३ ०८:०६ AM
काठमाडौैं । नेकपा (एमाले) का सांसद गुरु बरालले विगत केही दिनदेखि न्यायिक प्रणालीमाथि पटक–पटक प्रहार भइरहेको भन्दै सदनको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बिशेष समयमा सांसद बरालले सत्तापक्षका सांसदहरुले अदालतका निर्णयहरूप्रति राजनीतिक आक्रोश पोख्ने, न्यायाधीशहरूलाई धम्क्याउने, आक्षेप लगाउने र न्यायपालिकामाथि निरन्तर प्रहार गर्ने गलत प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएका हुन् । अदालतलाई दबाउने र नियन्त्रण गर्ने प्रयासले अन्ततः नागरिकको न्याय पाउने मौलिक अधिकार नै खोसिने उनको भनाइ छ । उनले संसद् कानुन बनाउने थलो भए पनि कानुन र संविधानको अन्तिम व्याख्या गर्ने अधिकार न्यायपालिकाको रहेको स्पष्ट पारे । सरकार वा सत्तारूढ ... The post सत्तापक्षले न्यायालय, न्यायाधीसलाई धम्क्याइरहेको छ : एमाले appeared first on Kalika Khabar.