रास्वपाले न्यायालय र न्यायाधीशलाई धम्की दिएर तर्साउन खोजेको एमालेको आरोप

  • बिहीबार ८ असो २०८३ ०७:२५ AM
काठमाण्डु– एमाले सांसद गुरु बरालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूबाटै न्यायपालिका र न्यायाधीशमाथि निरन्तर प्रश्न उठाउने तथा दबाब सिर्जना गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै बरालले संसद् र संसदीय समितिमार्फत अदालतका फैसला तथा न्यायाधीशको न्यायिक कामकारबाहीमाथि प्रश्न उठाउने प्रवृत्ति गम्भीर भएको बताए । यज्ञमणि न्यौपानेसहितका रास्वपा सांसदहरूले संसद्