संवैधानिक पदाधिकारीको तलबसँगै अतिरिक्त भत्ता हटाउन अमरेश सिंहको माग

  • बिहीबार ८ असो २०८३ ०७:४० AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहले संवैधानिक निकायका पदाधिकारीले तलबसँगै बैठक, अन्तर्वार्ता लगायतका विभिन्न शीर्षकमा पाउने अतिरिक्त भत्ताको व्यवस्था हटाउनुपर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा उनले कार्यालयको नियमित कामका लागि छुट्टै भत्ता दिनु उपयुक्त