आधा किलो बढी सुनसहित विमानस्थल क्षेत्रबाट भारतीय नागरिक पक्राउ

  • बिहीबार ८ असो २०८३ ०७:५४ AM
काठमाडौं । प्रहरीले आधा किलो बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको हो । कतारको दोहा हुँदै काठमाडौं आएका उनी ४२ वर्षीय मोहम्मद चेरा थोडी हुन् । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ ।