हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको साङ्घाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित उडान सुरु गर्न लागेको हो । एयरलाइन्सका अनुसार काठमाडौं–साङ्घाई–काठमाडौं रुटमा सुरुमा सातामा दुईवटा उडान सञ्चालन हुनेछ । काठमाडौंबाट सोमबार र शुक्रबार तथा साङ्घाईबाट मंगलबार र शनिबार उडान हुने तालिका