राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले संघीय संसदको क्यान्टिन महंगो भएको गुनासो गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । उनले क्यान्टिनको मूल्य अस्वभाविक रूपमा महँगो भएको भन्दै माननीयहरूको तलबले खानपान र खर्च धान्न कठिन भएको व्यङ्ग्य गरे । उनले क्यान्टिनको गुणस्तर र मूल्य नियन्त्रण गर्न अविलम्व