काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार पहिरोका कारण सडकको दुवैतर्फको आवागमन बन्द भएको हो। पहिरो गएको स्थान भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ रहेको जनाएएको छ।