विराटनगरमा ब्राउन सुगरसहित धरानका युवक पक्राउ

  • बिहीबार ८ असो २०८३ ०६:२३ AM
विराटनगर । सुनसरीको धरानका एक युवक विराटनगरमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बिहीबार बिहान पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय शिवराज राईलाई विराटनगर महानगरपालिका–१५ स्थित रानी बैंक चोकबाट प्रहरीले पक्राउ गरेको हो ।