प्रस्तावित राजदूतहरूविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

  • बिहीबार ८ असो २०८३ ०७:०५ AM
काठमाण्डु – संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेको प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको हो । प्रस्तावित व्यक्तिहरूको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी