काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी कर्मचारीको सरुवा र बढुवामा हुने भनसुन तथा पहुँचको प्रवृत्ति रोक्न तत्काल स्वायत्त सरुवा बोर्ड गठन गर्न सरकारसँग माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले आफू राजनीतिमा आएपछि सबैभन्दा बढी दबाब सरुवा र बढुवाका लागि झेल्नुपरेको बताए । उनले सुशासन