काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाएको छ । बिहीबार बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको शैक्षिक योग्यता, बायोडाटा, कार्ययोजना र उनीहरूविरुद्ध पर्न सक्ने उजुरीका आधारमा सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । समितिले दसैँअघि नै सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको छ