बाढी प्रभावितको सहयोगका लागि उबरले ल्यायो ‘राइड फर नेपाल’ अभियान, रेडक्रसलाई ५० लाख सहयोग गर्ने प्रतिबद्धता

  • बिहीबार ८ असो २०८३ ०६:५७ AM
काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ । सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत उबरले यात्रु र चालकलाई राहत अभियानमा सहभागी हुन आग्रह गरेको छ । अभियानअन्तर्गत उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ