काठमाडौँ : सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व-पश्चिम राजमार्गमा माइक्रोबस दुर्घटनामा परेको छ । बिहीबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नं. को माइक्रोबस आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि सप्तकोशी न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post सुनसरीमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते appeared first on Kalika Khabar.