काठमाण्डु– डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पाङ्ग्रा खुस्किएको छ। बिहीबार बिहान ८ः२५ बजे नेपालगञ्जबाट डोल्पाका लागि उडेको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडितर्फ दायाँपट्टिको एउटा पाङ्ग्रा खुस्किएको हो। डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईंका अनुसार पाङ्ग्रा खुस्किए पनि जहाजमा सामान्य क्षति मात्र भएको छ। जहाजमा रहेका सबै १३ जना यात्रु