काठमाण्डु– देशभर वर्षा भइरहेका बेला आज विभिन्न नदी तथा खोलानालामा पानीको बहाब बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङलगायत जिल्लाका ससाना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकालीसहित प्रमुख नदी र तिनका सहायक नदीहरूको बहाब हाल सतर्कता तहभन्दा