दुई महिनामै ४ खर्बभन्दा बढीको आयात, निर्यात कति ?

  • बिहीबार ८ असो २०८३ ०५:२० AM
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको आयात र निर्यात दुवै बढेको छ । भन्सार विभागका अनुसार साउन र भदौमा आयात ३१.५८ प्रतिशत र निर्यात ६१.८६ प्रतिशतले बढेको हो । यस अवधिमा नेपालले ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। त्यस्तै, ७६ अर्ब ५८