काभ्रेको रोशी खोलामा यात्रुवाहक बस फस्यो, सबै यात्रु सकुशल उद्धार

  • बिहीबार ८ असो २०८३ ०५:५३ AM
काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा एक यात्रुवाहक बस खोलाको बीचमै फसेपछि ठूलो दुर्घटनाबाट जोगिएको छ। कटुन्जेबाट थानसिंहसतर्फ जाने भित्री सडक खण्डअन्तर्गत खरिबोटमा खोला तर्दै गर्दा बस एक्कासि अनियन्त्रित भई खोलाको बीचमै अड्किएको हो। बहाव उच्च रहेको खोलामा बस कोल्टे परेपछि यात्रुहरू आतंकित बनेका थिए। घटनालगत्तै खटिएका स्थानीय बासिन्दाको तदारुकता र सहयोगमा बसमा