लगातार वर्षापछि विराटनगर र इटहरीका विद्यालय दुई दिन बन्द

  • बिहीबार ८ असो २०८३ ०४:२७ AM
विराटनगर । लगातार वर्षा हुन थालेपछि मोरङको विराटनगर महानगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जल तथा मौसम पूर्वानुमान विभागले आजदेखि ठूलो वर्षा हुने सूचना जारी गरेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । विराटनगर महानगरपालिकाले असोज ८ र ९ गते विद्यालय बन्द गर्ने जनाएको छ । महानगरपालिकाका