जुफाल विमानस्थलमा सिता एयरको विमान दुर्घटना, सबै यात्रु सकुशल

  • बिहीबार ८ असो २०८३ ०४:४८ AM
काठमाडौं । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सिता एयरको सानो विमान दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार १३ जना यात्रु बोकेको विमानको पछाडिको दायाँतर्फको टायर फुस्किएपछि धावनमार्गमै दुर्घटना भएको हो । डीएसपी अनिल गिरीका अनुसार विमानमा रहेका सबै यात्रु सकुशल छन् । विमान बिहान ८ बजेर २५ मिनेटमा दुर्घटनामा परेको हो।