‘सहरी विकासका कतिपय सिद्धान्तलाई व्यावहारिक बनाउन र प्रयोगसिद्ध कतिपय व्यावहारिक अभ्यासलाई सिद्धान्त बनाउने गरी काम गरौँ’ - कार्यवाहक प्रमुख, डंगोल

  • बिहीबार ८ असो २०८३ १०:१२ AM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सहरी विकासका कतिपय सिद्धान्तलाई व्यावहारिक बनाउँदै लैजानु पर्ने र कतिपय प्रयोगसिद्ध अभ्यासलाई सिद्धान्तका रुपमा विकास गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । प्रमुखका सल्लाहकारहरुसँगको बैठकमा उहाँले काठमाडौँको मौलिक स्वरुपको सहरी विकासका लागि तर्जुमा गरिने योजनाका प्रभावकारितामा कुरा गर्दै यस्तो बताउनुभएको हो ।  सहरको मौलिक पहिचानको संरक्षण गर्ने, सुन्दरता बढाउने, सबैलाई समान सेवा सुविधा दिने, सुन्दर र मानव बसोबास अनुकुल सहर निर्माणको महाअभियानलाई साझा प्रयत्नबाट साकार बनाउनुपर्छ । डंगोलले भन्नुभयो, ‘भौतिक विकाससँगै मेरो पुस्ताले देख्न नपाएका अमूर्त सांस्कृतिक क्रियाकलापहरुलाई पुनःस्थापना गरेर भावी पुस्ताका हातसम्म पुर्‍याउनु पर्नेछ । अहिले हामीले यी दायित्व पूरा गर्नुपर्नेछ ।’ बैठकमा सल्लाहकार प्रा