सल्यानको दार्मामा स्क्रब टाइफस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

  • बिहीबार ८ असो २०८३ ०३:३४ AM
सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै गाउँपालिकामा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । दार्मा गाउँपालिका–३ धुबाङकी ६९ वर्षीया खली खत्रीको उपचारका क्रममा बुधबार नेपालगञ्जमा मृत्यु भएको हो । दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार खत्रीमा असोज ३ गते गरिएको परीक्षणमा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको थियो । त्यति बेला स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले औषधि दिएर उनलाई घर पठाएका थिए । पछि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ... The post सल्यानको दार्मामा स्क्रब टाइफस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो appeared first on Kalika Khabar.