काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (८ असोज बिहीबार) देखि एक हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार एक हजार दरको साविककै आकारमा रङ परिवर्तन गरी बैजनी रङको घेराभित्र फिक्का हरियो नोट चलनचल्ती ल्याउन लागिएको हो । नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ