देवताल गाउँपालिका–३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको उपचारका क्रममा निधन

  • बिहीबार ८ असो २०८३ १२:२३ AM
रौतहट : बाराको देवताल गाउँपालिका–३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको उपचारका क्रममा निधन भएको छ । केही दिनअघि मस्तिष्कघात (ब्रेन हेमरेज) भएपछि वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएका कुशवाहाको उपचारकै क्रममा बुधबार निधन भएको परिवारजनले जनाएको हो