परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा साइडलाइनमा भेटवार्ता भएको छ। भेटमा फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरेकी थिइन्। भाल्टोनेनले व्यक्त गरेको समवेदनाप्रति परराष्ट्रमन्त्री खनालले नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिएका