वीरगञ्ज । तिलगंगा सामुदायिक आँखा अस्पताल हेटौँडासँगको सहकार्यमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २० ले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट करिब ४०० जनाले सेवा लिएका छन्। वडा कार्यालय परिसरमा आयोजित शिविरमा आँखासम्बन्धी विभिन्न समस्या भएका स्थानीय नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। विशेषगरी वृद्धवृद्धा, आर्थिक रूपमा कमजोर तथा उपचारका लागि खर्च जुटाउन कठिनाइ भएका नागरिकका लागि शिविर निकै उपयोगी बनेको छ। शिविरमा परीक्षणका क्रममा शल्यक्रिया आवश्यक देखिएका बिरामीको शल्यक्रियासहित सम्पूर्ण उपचार खर्चसमेत सम्बन्धित कार्यक्रममार्फत बेहोर्ने व्यवस्था गरिएको जनाइएको छ। बिरामीले आफ्नो तर्फबाट कुनै खर्च गर्न नपर्ने तथा शल्यक्रियाका लागि अस्पतालले ... The post वडा नं. २० मा निःशुल्क आँखा शिविर, करिब ४०० जनाले लिए सेवा appeared first on Kalika Khabar.