काठमाण्डु – अतिभारी वर्षा हुने पूर्वानुमानलाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन र तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा. हेमन्त चन्द्र ओझाद्वारा जारी सूचनाअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अतिभारी वर्षा हुने अनुमान