बिहीबार र शुक्रबार पालिकाको समन्वयमा विद्यालय बन्द गर्न निर्देशन, तोकिएका परीक्षा पनि स्थगित

  • बुधबार ७ असो २०८३ ०३:५५ PM
काठमाडौं । मौसम प्रतिकूल हुने पूर्वानुमानलाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार र शुक्रबार आवश्यकताअनुसार विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बुधबार शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षाका लागि आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको हो । मन्त्रालयले बिहीबारदेखि शनिबार (असोज