काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा आज तेस्रो दिन बसेको बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा सुझावका सम्बन्धमा स्पष्ट पारेका थिए । त्यसपछि बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । बैठकमा पार्टी सचिवालयका