वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ९ र ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गर्दै छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरेको छ। महानगरपालिकाले बुधबार वीरगञ्जस्थित टाउन हलमा आयोजना गरेको कार्यक्रममा छात्रवृत्तिमा छनोट भएका विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिताबीच सिफारिसपत्र वितरण गरिएको हो। कार्यक्रम वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा छात्रवृत्तिमा छनोट भएका विद्यार्थी, उनीहरूका अभिभावक तथा महानगरपालिकाका सम्बन्धित कर्मचारीहरूको उपस्थिति रहेको थियो। महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार शैक्षिक सत्र २०८३/०८४ अन्तर्गत कक्षा ९ तर्फ विभिन्न लक्षित समूह तथा मापदण्डका आधारमा ... The post वीरगञ्जमा कक्षा ९ र ११ का ५५६ विद्यार्थीलाई छात्रवृत्ति, मेयर सिंहद्वारा सिफारिसपत्र वितरण appeared first on Kalika Khabar.